HomeBreakingतनहुँमा सडक भासिएपछि पृथ्वी राजमार्ग एकतर्फी

तनहुँमा सडक भासिएपछि पृथ्वी राजमार्ग एकतर्फी

पोखरा, २३ साउन ।

तनहुँको व्यास नगरपालिकामा सडक भासिएपछि पृथ्वीराजमार्ग एकतर्फीमात्र सञ्चालन भएको छ । मंगलबार बिहान तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

सडक भासिएका कारण अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ११ बजे राजमार्ग भासिएको हो । उनले भने, ‘अहिलेलाई साना सवारी साधन एकतर्फी चलेको छ । ठूला सवारी क्रस हुने अवस्था अझै छैन ।’

उरालीमा पृथ्वी राजमार्ग विस्तारको क्रममा सडकको तर्फ खनिएको थियो । विस्तारकै क्रममा रहेको सोही सडक अविरल वर्षाले भासिएको प्रहरीले जानकारी दिएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments