पोखरा, १३ पुस ।
सहकारी ठगी कसुरमा सूर्य दर्शन बचत तथा ऋण सहकारी का उपाध्यक्ष कैलाश कुमार दर्लामी पक्राउ परेका छन् ।रामेछापका ३८ वर्षीय दर्लामी सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् ।
दर्लामीलाई बिहीबार रामेछापबाट पक्राउ गरि थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकरी दिएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका ४ नालाकोमुखमा रहेको श्री सूर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरुमाथी निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको आरोप छ ।
