पोखरा, १५ पुस ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी ट्रेकमा गएका स्वीडेनका नागरिक सम्पर्कविहीन भएका छन् ।
मर्दी हाइ क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएका माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयो ।
शनिवार हिजो बिहान झोला होटलमा नै छाडेर पानीको बोतल र टर्चलाइट लिएर होटलबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन् । दिउँसोसम्म नफर्किएपछि उनको खोजी शुरु गरिएको अधिकारीले बताउनु भयो।
उनको खोजीका लागि गाउँपालिकाबाट मान्छे खटाइएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ गएको उहाँले बताउनु भयो ।
स्वीडेनी नागरिक सम्पर्कविहीन भएको खबर सम्बन्धित दूतावासलाई जानकारी गराइएको उहाँले बताउनु भयो ।
