HomeBreakingमुखभित्रको क्यान्सरको पोखरामै सफल शल्यक्रिया

मुखभित्रको क्यान्सरको पोखरामै सफल शल्यक्रिया

पोखरा, १२ फागुन ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया गरिएको छ । प्लाष्टिक सर्जन डा. पियुष गिरीसहितको टिम र म्याग्जीलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सकको टोलीले पर्वतका ५४ वर्षीय पुरुषको शल्यक्रिया गरेको हो ।

गत ७ फागुनमा बिरामी निको भएर घर फर्किसकेको अस्पतालले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ । गत २९ माघमा ती पुरूषको तेस्रो स्टेजको क्यान्सर शल्यक्रिया विधिबाट हटाएर बिरामीकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको थियो । ती बिरामीको शल्यक्रिया करिब १० घण्टा लगाएर गरिएको हो ।

यस्ता प्रकारका सर्जरी बिरलै हुने गरेको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले जानकारी दिए । यसअघि अस्पतालमा डेढ दशकअघि यस्तै प्रकारको शल्यक्रिया भएको बताइएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments