HomeBreakingबिगो लेनदेन मुद्दाकी फरार प्रतिवादी छुटिन्

बिगो लेनदेन मुद्दाकी फरार प्रतिवादी छुटिन्

पोखरा, २५ माघ ।

बिगो लेनदेन मुद्धामा कास्की जिल्ला अदालतबाट एक वर्षको कैद सजाय फैसला भएकी पोखरा ११, फूलबारीकी दीपा लामिछानेले कैद बस्नु नपर्ने भएको छ ।

उनले लेनदेन मिलाएको र वादीले पनि आफूले पैसा पाइसकेको भनी निवेदन दिएकाले अदालतले प्रतिवादीलाई कैदमा राख्नु नपर्ने भनी आदेश दिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

गत माघ ५ गते बिगो लेनदेन मुद्धामा १ बर्ष कैद सजाय फैसला भई भुक्तान गर्न बाँकी रही फरार रहेकी फूलबारी बस्ने बर्ष ४४ की दीपालाई माघ २३ गते पक्राउ गरी अदालतमा उपस्थित गराइएको पनि प्रहरीले जानकारी दिएको छ ।

महिला प्रतिवादीले बादीलाई दाखिला गर्नुपर्ने रकम दाखिला गरी रकम दाखिला गरेको भन्ने निवेदन वादीले फैसला कार्यान्वयन कार्य सम्पन्न भएकोले प्रतिवादीलाई कैदमा राख्नु नपर्ने भनी आदेश भएकोले प्रतिवादी दिपा लामीछाने कैद मुक्त गरिएको भन्ने अदालतको पत्र प्राप्त भएकाले कैदमुक्त गरिएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments