HomeBreakingकास्कीमा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ

कास्कीमा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जना प्रकाउ

पोखरा, २५ माघ ।

ज्यान मार्ने धम्की दिई पाँच करोड फिरौती माग्ने २ जना पोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा नगरपालिका–१४, आर्थरका दीपक बहादुर क्षेत्री रहेका छन् ।

३६ वर्षीय दर्जी ४ वर्षदेखि कतारमा रहेको र नेपाल आएको १ महिना मात्रै भएको प्रहरीले जनाएको छ । उनी हाल पोखरा ८ सिमलचौरमा बस्दै आएका थिए । ४२ वर्षीय क्षेत्री भने बेरोजगार हुन् ।

उनीहरूले पोखरा लामाचौरस्थित सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाश दीप गैरेसँग ५ करोड फिरौती मागेका थिए । उनीहरूले गैरेलाई फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । उनीहरूले हिन्दी भाषामा कुरा गर्ने गर्दथे ।

उनीहरूको साथबाट उपन्यास, भारतीय सिम, एनसेल र नमस्तेको सिम, गाँजा ५ सय ७२ ग्रामलगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनीहरूमाथि लागुऔषध, हातहतियार र आपराधिक लाभसम्बन्धी तीनवटा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments