HomeBreakingपोखरामा विभिन्न मुद्दामा तीन जना प्रकाउ

पोखरामा विभिन्न मुद्दामा तीन जना प्रकाउ

पोखरा, १४ फागुन ।

पोखराको विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । प्रहरीले शनिबार चाउथेबाट २ जना र छोरेपाटनबाट एक जनालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका–१४ चाउथेबाट पोखरा ५ मालेपाटन बस्ने ३५ वर्षीय दिपेश श्रेष्ठ र पोखरा ८ बगालेटोल बस्ने ३३ वर्षीय आशिष बैठानलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ सय ३२ पिस नाईट्रोभ्याट, २ थान मोबाईल र ग ३ प ८४०१ नम्बरको मोटरसाईकल बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट ताप्लेजुङ घर भई पोखरा ७ फेवामार्ग बस्ने ३८ गुरुङलाई लागूऔषधसहित प्रकाउ गरेको छ ।

प्रकाउ परेका गुरुङको साथबाट ब्राउनसुगर जस्तो देखि ६ ग्राम ५ सय मिलिग्राम, १ केजी गाँजा, १५ ग्राम चरेश र लागूऔषध तौल गर्न प्रयोग गर्ने डिजिटल तराजु प्रहरीले बरामद गरेको छ ।

प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments