HomeBreakingज्यान मार्ने उद्योगमा जुमकाजी पक्राउ

ज्यान मार्ने उद्योगमा जुमकाजी पक्राउ

पोखरा, ०३ मंसिर

कास्कीका जुमकाजी विक ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका छन् । छिमेकीलाई गत कात्तिक २७ गते धारिलो हतियार (आँसी) प्रहार गरेर घाइते बनाएको आरोपमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ निवासी विकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

विकले छिमेकी श्रीराम देवकोटालाई आँसी प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । विकले देवकोटाको घरमै गएर हत्या गर्ने प्रयास गरेको प्रहरीको भनाई छ । घाईते देवकोटालाई प्रहरीले उद्धार गरेर उपचारका लागि आफन्तको सहयोगमा पोखराको मेट्रोसिटी अस्पतालमा भर्ना गरेको जनाइएको छ ।

आरोपित विकलाई भने प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रवक्ता विकले जानकारी दिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments