HomeBreakingपरराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासमा मृत फेला

परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासमा मृत फेला

पोखरा, २५ वैशाख ।

पोखरा बेगनासतालमा एक जना मृत भेटिएका छन् । परराष्ट्र मन्त्रालयका नायव सुब्बा उदयपुरका ३१ वर्षीय अनुप भण्डारी मृत भेटिएका हुन् ।

सोमबार बिहान ८ बजे डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रका आधारमा भण्डारीको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

पोष्टमार्टमको लागी पश्चिमाञ्चल अस्पतालमा लगिएको उहाँले बताउनुभयो । उनको मृत्यु कसरी भएको भन्ने खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments