पोखरा, १६ चैत्त ।
चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटिएको छ । यो नै चिलीमा पहिलो पटक बर्डफ्लू भेटिएको घटना हो ।
चिलीको स्वास्थ्य मन्त्रालयले ५३ वर्षीय पुरुषमा बर्डफ्लू भएको पुष्टि गरेको छ । व्यक्तिमा इन्फ्लूएन्जाका गम्भीर लक्षणहरू देखिएका छन् ।
बर्डफ्लूका बिरामी फेला परेपछि चिली सरकारले सङ्क्रमणको स्रोतका साथै बिरामीको सम्पर्कमा आएका अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान गरिरहेको छ।
गत वर्षको अन्त्यदेखि चिलीमा जंगली जनावरहरूमा एच५एन१ बर्डफ्लूका केसहरू देखिएका थिए।
