HomeBreakingपोखरामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

पोखरामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

पोखरा, ०३ चैत्त ।

पोखराको चिप्लेढुङ्गामा शुक्रवार आज बिहान नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ ।

चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका–४ घर भइ पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको ज्यान गएको हो ।

कार्कीको घटनास्थलमै ज्यान गएको कास्की प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments