Homeगण्डकी प्रदेशपर्वतको ओढारेमा बस दुर्घटना हुँदा ५ जना घाइते

पर्वतको ओढारेमा बस दुर्घटना हुँदा ५ जना घाइते

पर्वत, २० चैत्त ।

पर्वतको कुश्मा नगरपालिका–८ ओढारेमा बिहीबार राति भएको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

कुश्माबजारबाट डिमुवा जाँदै गरेको र पोखराबाट कुश्मातर्फ आउँदै गरेका दुई वटा बस एक–आपसमा ठोक्किदा दुर्घटना भएको हो । कुश्माबाट डिमुवा जाँदै गरेको ग १ ख ८४८६ नम्बरको बस र पोखराबाट कुश्मा आउँदै गरेको ध १ ख ८५ एक–आपसमा ठोक्किदा ५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

५ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर भएकाले उपचारका लागि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ । बाँकी ४ जना घाइतेको उपचार भने पर्वत अस्पतालमा भइरहेको छ । गम्भीर घाइते ग १ ख ८४८६ बसका चालक मोदी २ पातिचौर बस्ने ४० वर्षीय टेकबहादुर क्षेत्री रहेका छन् । क्षेत्रीलाई उपचारका लागि पोखरा रिफर गरिएको हो ।

यसैगरी अन्य घाइतेहरुमा मोदी –२ घर भएका सह चालक ४१ वर्षीय अमृत नेपाली, कुश्मा– ६ का २० वर्षीय सञ्जोग मगर, कुश्मा–८ का २८ वर्षीय कुलबहादुर बिक र कुश्मा–८ का २७ वर्षीय विशाल दर्जी रहेका छन् ।

घाइते ४ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments