HomeBreakingसर्वसाधारण माथि प्रहरीको ज्यादती

सर्वसाधारण माथि प्रहरीको ज्यादती

पोखरा, १४ फागुन ।

पोखराको नदीपुरमा बस्ने किसान थापामगरले आफूमाथि नदीपुर स्थित अस्थाई प्रहरी विटको एक प्रहरीले विनाकारण कुटपिट गरेको बताउँदै आए । उनले नदीपुरमा भैरव नाच हेर्न गएको समयमा मापासेमा परेर प्रहरीले भोली चौकीमा आउनु भनेर विलबुल लिएर गएकोमा विलबुल लिन जाँदा केही नभनी कुटपिट गरेको बताएका हुन् । मलाई किन पिट्नुभएको भन्दा अझ बढी बोल्छस् भन्दै आधी घण्टासम्म लठ्ठी र खुट्टाले रगताम्य हुने गरि कुटपिट गरेको गुनासो गरेका छन् । थापाले प्रहरीले मरणासन्न हुने गरि कुट्दा नाकवाट रगत बगेको र शरीरको अन्य भागमा चोटपटक लागेको जनाएका छन् । आफूले भागेर ज्यान जोगाउनु परेको उनको भनाई छ । आफूले गरेको गल्तीको कानुन अनुसार सजाय भोग्न तयार रहेको तर सर्वसाधारण माथी ज्यादती गर्ने प्रहरीलाई कारवाही हुनुपर्ने माग उनको माग छ ।

त्यस्तै वैदाम प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन गएका स्याङजा घर भई हाल पोखरा बस्ने विनय ठकुरीलाई प्रहरीले उल्टै कपाल कुइयाइदिएका रहेछन् । प्रहरीको त्यस्तो व्यवहारले सुरक्षाकर्मीवाटै असुरक्षाको महसुस भएको उनले बताएका छन् ।

यिनीहरु त प्रतिनिधि पत्र मात्र हुन् । प्रहरीले बर्दीको आडमा ज्यादती गर्ने सर्वसाधारण छ । सामान्य व्यक्तिको सोच प्रहरीले जतिखेर जहिले पनि सर्वसाधारणलाई कुटपिट गर्न पाउँछन्, प्रहरीलाई कुट्न पाउने अधिकार छ भन्ने सोच छ भने प्रहरीले पनि हामीले पिट्न पाइन्छ, पिट्न पाउने हाम्रो अधिकार हो भन्ने गलत सोच राख्छन् । तर प्रहरीले मान्छे कुटेर दादागिरी देखाउन पाइदैन् । जुनसुकै अपराध गरेको भएपनि प्रहरीले मान्छे कुट्न पाइदैन् । प्रहरीको काम भनेको मुद्धा हेर्न अधिकारीको अनुमती लिएर प्रक्रिया पु¥याएर आरोपीलाई पक्राउ गर्ने, थुनुवा पुर्जी लिएर थुन्ने र आवश्यक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालय मार्फत मुद्धा हेर्न अधिकारी समक्ष पु¥याउने हो ।

यस्तै धेरै पटक प्रहरीले नियन्त्रण गरेका नेत्र विक्रमचन्द विप्लव नेतृत्वको विद्यार्थी संगठनका नेता प्रकाश वास्तोलाले हिरासतमा बस्नेहरुलाई प्रहरीले अति नै क्रुर र अमानविय व्यवहार गर्ने गरेको बताउनुभयो । हिरासतमा हुनेहरुलाई प्रहरीले स्वंय अपराधि घोषणा गरेर जनावरलाई गर्ने जस्तो व्यवहार गर्ने उनको भनाई छ ।

लेखनाथका सन्तोष गन्दर्भले महोत्सव गएर फर्किने क्रममा पृथ्वीचोकमा प्रहरीले विनाकारण मरणासन्न हुने गरि कुटपिट गरेको गुनासो गरेका छन् । कुटपिट गरेर मेडिकल गरि वैदाम प्रहरी चौकीमा लगेर थुनेको उनको भनाई छ ।

यसविषयमा जिल्ला प्रहरी कार्यालय कास्की र गण्डकी प्रदेश कार्यालयको प्रवक्तासँग पटक पटक सम्पर्क गर्न खोज्दा यो समाचारको विषय होइन्, समाचार बनाउन पर्दैन भन्दै प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments