गण्डकी प्रदेशका एक मन्त्रीका बुहारीलाई जागिर खुवाउन गण्डकी प्रदेशको भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले चिठी काटेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरकी बुहारी सजीना थापालाई जागिर खुवाउन भन्दै मन्त्रालयले यातायात व्यवस्था कार्यालय नवलपुरलाई चिठी काटेको हो । मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न भन्दै सजीना थापालाई विना प्रतिष्पर्धा नियुक्त गर्न गत माघ ६ गते चिठी काटेको थियो । यसैविषयमा गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री रोशन गाहासँग बुभ्mन खोज्दा प्रतिक्रिया दिन मान्नुभएन ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव ई. गणेशराज वस्तीले सजिना थापाको निवेदन प्राप्त भएपछि आवश्यक भए प्रक्रिया पूरा गरेर नियुक्त गर्न यातायात कार्यालयलाई पत्र काटिइएको बताउनुभयो । सानो संख्यामा कर्मचारी नियुक्त गर्दा सबै पक्रिया सम्भव नहुने वस्तीको जिकिर छ । निवेदिकाको र मन्त्रीसँगको सम्बन्ध आफूलाई जानकारी नभएको वस्तीको दाबी छ ।
