पोखरा, १३ भदौँ ।
पोखरावाट एक जना महिला हराएकी छिन् । सर्लाही हरिवन नगरपालिका ४ गेलाहा घर भई हाल पोखरा महानगरपालिका वडा नं. १३ अन्नपूर्ण टोलमा बस्ने ४४ वर्षिय देवकी भूजेल नाम गरेकी महिला गत असार ८ गतेवाट हराएकी हुन् ।
गहुँगोरो वर्ण, पातलो शरिर, निधारको दायापट्टी काटेको खत भएको, उचाई ५ फिट, तौल ५५ केजी, कुर्था सुरुवाल लगाएकी महिला घरमा कोहीकसैलाई जानकारी नदिई हिडेको र अहिले सम्म कसैको सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुनेले नजिकैको प्रहरी कार्यालय अथवा उनका श्रीमान् अशोककुमार भूजेललाई ९८२६१२३२९४ मा सम्पर्क गरिदिनहुन अनुरोध गरिन्छ ।
