HomeBreakingलागू औषध सहित १ जना पक्राउ

लागू औषध सहित १ जना पक्राउ

पोखरा, १३ भदौँ ।

पोखरामा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १ धोबीगौडा बस्ने वर्ष ३० को बिराज रजक रहेका छन् ।

पोखरा महानगरपालिका १ बगरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ७ बजे बिराजलाई पक्राउ गरेको हो ।

प्रहरीले बिराजको घरकोठाबाट लुकाई छिपाई राखेको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ ५ किलो ७५० ग्राम र सोही बाकसमा (निट्राजेपाम ट्याबलेट आइपी १० एमजी निट्राभेट–१०) नाम उल्लेख भएको २१ चक्की बरामद गरेको छ।

पक्राउ परेका रजकलाई गरी कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments