HomeBreakingअबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने विभिन्न १२ वटा सवारी साधन...

अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने विभिन्न १२ वटा सवारी साधन नियन्त्रणमा

पोखरा, १६ असार ।

पोखरामा अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार पोखरा महानगरपालिका– १९ दशखेतघात स्थितबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसार पसार गरिरहेका अवस्थामा १२ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले ग १ क १२१५ , ना १ क ६२१४ , न्बलमबपष् ७ ब्ब्००७६ , बा ४ क ३३ २१ , ग २ ख १४५ , ग १ क २४०२ , ग २ ख ३२८ , ग २ ख ११५६ , ग १ क ६३९२ , ग १क ५११३ , ग १ ख ७९९० र ग १ त ७०१२ नं.को ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

अबैध रुपमा नदिजन्य पदार्थहरुको चोरी निकासी भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिई गएको प्रहरी टोलीले उक्त टिप्परहरु नियन्त्रणमा लिएको हो ।

सवारी साधन चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments