HomeBreaking५ वटा नक्कली कम्पनी खडा गरी ३२ सय केजी सुन तस्करी, १२...

५ वटा नक्कली कम्पनी खडा गरी ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ

काठमाण्डौं, १७ असार ।

नेपाल प्रहरीले ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ५ वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।

केन्द्रिय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि. बाट १ हजार ३ सय ३ दशमलव ९६५ केजी, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट ६३२.७९५ केजी, चुंगाक इलेक्ट्रिक सप्लायर्स प्रालिबाट ७१६.८३ केजी, दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिबाट १७०.८ र रेडि ट्रेड प्रा.लि.बाट ७.५ केजी सुन पैठारी भएको बताएको हो ।

सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ । प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कम्पनीमार्फत कुल २ हजार ८३१.८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७२० रुपैयाँ हुन जाने बताउनुभयो । त्यस्तै ब्रेक सुजमा लुकाई छिपाई ल्याएको अवैध सुन ३६२.७७८ केजी, इलेकट्रोनिक मालवस्तुमा लुकाई छिपाई ल्याएको अवैध सुन २८ सय ३१.८९ केजी गरी कुल अवैध सुन ३ हजार १९४.६६८ केजी र जसको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर रहेको बताउनुभयो ।

पक्राउ पर्नेमा अवैध सुन खरिद गर्ने, गाल्ने पगाल्ने तथा बिक्री वितरणमा संलग्न भारतको महारष्ट्रका २० वर्षीय सिद्धनाथ अशोक, सोही स्थानका वर्ष २१ का धिरज दिनेश भोईटे, सोही स्थानका वर्ष २१ कै प्रशान्त गणेश बजबलकर, स्थायी ठेगाना चीन सिचुआन प्रदेश छेदुङ भइ हाल काठमाडौं बस्ने वर्ष ४१ का राजु भोटो तथा कुंगा टासी भन्ने गेंगा जाक्छी, जिल्ला काभ्रेपलाञ्चोकका वर्ष ४४ का थर्कमान तामाङ भन्ने कान्छा लामा, पर्सा वीरगञ्ज महानगरपालिका १६ का वर्ष ५३ का सुरेन्द्रमान श्रेष्ठ, भक्तपुरका वर्ष ३९ का राजु खत्री, धादिङका राजु थापा भन्ने प्रेमनाथ सेढाईं पक्राउ गरिएको बताउनुभयो । उहाँकाअनुसार पक्राउ पर्नेमा भारतको गुजरातका वर्ष ६१ का बैजनाथ व्रह्मदत्त गोयल, चीन तिब्ब स्थायी वतन भइ भारतमा तिब्बतीयन शरणार्थीको रुपमा रही हाल बौद्ध बस्ने वर्ष ३६ का सोनाम गुरुङ भन्ने सेराव ग्याल्मो, चितवनका वर्ष ४३ का एनजे भन्ने मनोजकाजी श्रेष्ठ, काभ्रेपलाञ्चोक भुल्मु १ का वर्ष २२ का रुपक भण्डारीलाई पक्राउ गरिएको छ ।

उनीहरुलाई भन्सार ऐन, २०६४, संगठित अपराध निवारण ऐन, २०७०, मुलुकी अपराध संहीता, २०७, नागरिकता ऐन, २०२०, राहदनी ऐन, २०२४ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ आकर्षित हुने प्रहरीले बताएको छ । अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो मागदाबी गरिएको छ । भन्सार ऐन (अवैध सुन) तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४०.९० रुपैयाँ,क्रिप्टो करेन्सीतर्फ १ खर्ब ४९ अर्ब ६८ लाख २८ करोड ७ हजार ८८६ रुपैयाँ, नेपाल राष्ट्र बैंक ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२.७६ बिगो मागदाबी छ ।

त्यस्तै पेवेल नेपाल प्रा.लि.६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३, सजिलो पे पेमेण्ट सर्भिसेज प्रा.लि.तर्फ १९ अर्ब ४६ करोड २५ लाख ७३ ७८५ र अन्य प्रतिवादीहरुबाट ५ अर्ब १८ करोड १५ लाख ९१ ९६४.७६ बिगो माग दाबी गरिएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments