HomeBreakingलागू औषध सहित १ जना मानिस पक्राउ

लागू औषध सहित १ जना मानिस पक्राउ

पोखरा, ०६ असार ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध ’ड्रग्स’ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७ स्थायी घर भई हाल पोखरा १४ मझेरीपाटनका ४३ वर्षीय रवि पौडेल रहेका छन् ।

वडा प्रहरी कार्यालय रामबजारलाई लागुऔषधको सञ्चय तथा विक्रीवितरण गरी रहेको भन्ने प्राप्त सूचनाका आधारमा पौडेललाई डाइजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागुऔषधसहित पक्राउ गरिएको हो ।

कास्की प्रहरीका अनुसार पौडेलले कुखुराको खोरमा उक्त लागुऔषध लुकाएका थिए । हाल पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments