HomeBreakingगैह्र कानूनी रुपमा बस्दै आएका विदेशी नागरिकहरुलाई स्वदेश फिर्ता पठाईएको

गैह्र कानूनी रुपमा बस्दै आएका विदेशी नागरिकहरुलाई स्वदेश फिर्ता पठाईएको

पोखरा, ०६ असार ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका भित्र अवैध रुपमा बस्दै आएका पर्यटकलाई आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पाठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटक प्रहरीसँग समन्वय गरी बुधबार पोखरा ६ लेकसाइड बस्दै आएका क्यानेडियन नागरिक र पोखरा १८ सराङकोट बस्दै आएका जर्मनी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिनादेखि हालसम्म गैरकानूनी रुपमा नेपालमा बस्दै आएका युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोष्टारिका र रिपब्लिक अफ कंगोका गरी कुल १२ जना विदेशी नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको थियो ।

RELATED ARTICLES

Most Popular

Recent Comments