HomeBreakingअबैध काठ सहित ट्रक नियन्त्रणमा

अबैध काठ सहित ट्रक नियन्त्रणमा

पोखरा, २७ जेठ ।

पोखरामा अवैध रुपमा चिरुवा काठ (फल्याक) बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले शनिबार अवैध रुपमा चिरुवा काठ बोकेर याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिका–१ चौबारीस्थित पोखरा–बागलुङ सडक खण्डमा याम्दीबाट हरिचोकतर्फ आउँदै गरेको ग १ ख ६११५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकमा लोड गरि ल्याइएको चिरुवा काठ (फल्याक)को प्रयोजन खुल्ने कागजात नभएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचनाअधिकारी एवम् प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए ।

अवैध काठसहित नियन्त्रणमा लिएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाएको उनले बताए ।

RELATED ARTICLES

Most Popular

Recent Comments