HomeBreakingपौडी खेल्ने क्रममा खोलामा डुबरेर मृत्यु

पौडी खेल्ने क्रममा खोलामा डुबरेर मृत्यु

पोखरा, १४ जेठ ।

मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा थापामगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीको माछापूच्छ«े गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको शान्तिघाट नजिक मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका थापामगरको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments