HomeBreakingघान्द्रुकमा महिलामाथी अभद्र व्यवहार गर्ने ३ जना व्यक्ति पक्राउ

घान्द्रुकमा महिलामाथी अभद्र व्यवहार गर्ने ३ जना व्यक्ति पक्राउ

पोखरा, १४ जेठ ।

कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण – १० घान्द्रुक स्थित अन्नपूर्ण गेष्ट हाउसमा महिलालाई बियरको बोत्तल र लाठी प्रहार गर्ने ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति साढे ९ बजेको समयमा यी ३ युवकले घान्द्रुक घुम्न परिवारसहित गएकी महिलालाई ईच्छा विपरित जबर्जस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको र होटल सञ्चालक तथा कर्मचारीले समेत सम्झाई बुझाई गर्दा नमानी उल्टै बियरका बोत्तल तथा लाठ्ठी समेतले प्रहार गरी घाईते बनाएको कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं।०४ सिदार्थचोक बस्ने घर परिवार सदस्य सहित ८ जनाको टोली रमाईलो गरिरहेको अवस्थामा जिल्ला बाग्लुङ जैमिनी नगरपालिका वडा नं।०८ बस्ने वर्ष २८ का भीम थापा, सोहि ठाउँका वर्ष ३१ को डोलनाथ पौडेल र २९ को तेज हमालले महिलामाथि आक्रमणगरेका थिए ।

तीनै जनालाई नियन्त्रणमा लिई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments