पोखरा, २४ मंसिर ।
पोखरामा बस चोरी गरी चितवन लैजाँदै गर्दा एक जना बालक पक्राउ परेका छन् । बस चोरी गरि चितवन भरतपुर लैजादै गर्दा तनहुँको म्याग्दे गा.पा. वडा नं.३ का १७ वर्षका बालक चितवनको आँपटारीबाट पक्राउ परेका हुन् ।
यहि २२ गते राति पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको थियो । बस चोरी भएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । उक्त बस सहित बालकलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यसैगरि पोखरामा पार्किङ गरिराखेको स्कुटर चोरी गरेको ओपमा एक बालक पक्राउ परेका छन् । चोरीको आरोपमा बाग्लुङ स्थायी घर भई हाल पोखरा १६ दिपमा बस्ने १७ वर्षका बालकलाई पक्राउ परेका हुन् । यहि १९ गते पोखरा ३ नदिपुरमा ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १ बगरमा ग ८ प ९९३ नम्बरको स्कुटर हराएका थिए । प्रहरीले हराएका स्कुटरको खोजतलासकै क्रममा उक्त बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटर सहित फेला पारेको थियो ।
यसैक्रममा अनसन्धान गर्दै जाँदा ग ८ प ९९३ नम्बरको स्कुटर समेत आफैले चोरी गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका बालकलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ। साथै उनी यस अघि पनि ३ पटकसम्म चोरी मुद्दामा पक्राउ भईसेकको रेकर्डबाट खुलेको छ ।
