HomeBreakingअवैध लागूऔषध डेढ किलो गाँजासहित २ जना पक्राउ

अवैध लागूऔषध डेढ किलो गाँजासहित २ जना पक्राउ

पोखरा, २० मंसिर ।

पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले सोही ठाउँस्थित नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई साइकलसहित नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा पूर्ण तामाङको कोठा तलासी गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments