HomeBreakingमित्र मिलन सहकारी संस्था संग सम्बन्धित पीडितहरुले जाहेरी दरखास्त दिने सम्बन्धी कास्की...

मित्र मिलन सहकारी संस्था संग सम्बन्धित पीडितहरुले जाहेरी दरखास्त दिने सम्बन्धी कास्की प्रहरीको सूचना

पोखरा, २० मंसिर ।

पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरेको छ । प्रहरीले मुद्दाको हदम्याद मध्यनजर गर्दै मंसिर २७ गतेसम्म जाहेरी दरखास्त दिन आग्रह गरेको हो ।

मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

निक्षेपकर्ताको बचत ठगी आरोपमा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए ।

अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमै छन् । उनीहरु कात्तिक ४ गते पक्राउ परेका थिए ।

निमित्त प्रमुख विकले पक्राउ पुर्जी जारी भएकाहरूको खोजी भइरहेको जानकारी दिए । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर २६ करोड बढी रकम हिनामिना पारेको आरोप छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments