HomeBreakingपोखरामा जुवा खेलिरहेका १६ जना पक्राउ, ५ लाख रुपैयाँ बरामद

पोखरामा जुवा खेलिरहेका १६ जना पक्राउ, ५ लाख रुपैयाँ बरामद

पोखरा, १२ मंसिर ।

पोखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताउनुभयो । प्रहरीले उनीहरूको साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ, वर्ष ४६ का राम केसी, पोखरा–६ बस्ने वर्ष ३६ का सञ्जिव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का वीरबहादुर लामिछाने, वर्ष ४० का मोहनबहादुर गुरुङ छन् । यस्तै कास्की–१७ बिरौटा बस्ने वर्ष ४० का प्रकाश पोख्रेल, वर्ष ४६ का कृष्णप्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डारी, वर्ष ३८ का गौतम गुरुङ, वर्ष ४० का जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी कास्की–२१ कृष्ती बस्ने वर्ष ४८ का होमबहादुर रानाभाट, वर्ष ४० का टङ्कबहादुर कार्की, वर्ष २३ का अनिष श्रेष्ठ, पोखरा–१० अम्मरसिंह बस्ने वर्ष ६३ का मीनबहादुर बरुवाल र पोखरा–३३ गैरागाउँ बस्ने वर्ष ३३ का रामचन्द्र आचार्य पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी विकले जानकारी दिनुभयो ।

RELATED ARTICLES

Most Popular

Recent Comments