HomeBreakingअमेरिका पठाइदिन्छु भन्दै ४० लाख माग, १५ लाख ठगेर फरार भएका २...

अमेरिका पठाइदिन्छु भन्दै ४० लाख माग, १५ लाख ठगेर फरार भएका २ जना पक्राउ

काठमाण्डौ, १२ मंसिर ।

अमेरिका पठाइदिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौ महानगरपालिका–१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ पक्राउ परेका छन् ।

चन्द्रबहादुर रावललाई अमेरिका पठाइदिने र त्यहाँ मासिक तीन लाख रुपैयाँ कमाइ हुन्छ भन्दै दुई जनाले ४० लाख रुपैयाँ मागेका थिए । उनीहरूले पीडित रावलबाट पटक–पटक गरेर १५ लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।

ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई आज मङ्गलवार कोटेश्वरबाट पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments