HomeBreakingजुवातास खेलिरहेका ६ जना पक्राउ

जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरा, १९ कात्र्तिक ।

कास्की प्रहरीले जुवातास खेलिरहेका ६ जनालाई नगदसहित पक्राउ गरेको छ। पोखरा महानगरपालिका –४ मानवअधिकार चोकस्थित यम बहादुर गुरुङले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा नगद सहित उनीहरूलाई पक्राउ गरेको हो।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले जुवातास खेल्दै गरेका स्याङ्गजा वालिङ घर भइ हाल पोखरा –१५ रामबजार बस्दै आएका ३२ वर्षीय यम बहादुर गुरुङ लगायत ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ४६ हजार ९ सय ७५ रुपैया र १ सय ६० पत्ती तास बरामद गरेको जनाएको छ । भने, पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीको भनाइ छ।

RELATED ARTICLES

Most Popular

Recent Comments