HomeBreakingसेती नदी किनारको खोंचमा खसेका युवकको सकुशल उद्धार

सेती नदी किनारको खोंचमा खसेका युवकको सकुशल उद्धार

पोखरा, १९ कात्तिक ।

सेती नदी किनारको खोंचमा खसेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँगाउँस्थित सेती नदीको किनारमा धाँजा फाटेको स्थानमा शनिबार बेलुका पौने आठ बजेतिर खसेका पर्वत फलेबास नगरपालिका–३ घर भई हाल पोखरा–१५ नयाँगाउँमा बस्दै आएका १९ वर्षीय सुदिप विकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजार, प्रहरी प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका कास्कीबाट खटिएको संयुक्त टोलीले शनिबार राति ९ः५५ बजे उद्धार गरेको हो । उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments