पोखरा, ०३ कात्र्तिक ।
पोखरा महानगरपालिका–२५ फुर्केटारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
ग १६ प २९१ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा ग १६ प २९१ नम्बरको मोटरसाइकल चालक गोरखाको पालुङटार घर भएका ३० वर्षीय शुक्रराज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल चालक र त्यही मोटरसाइकलमा पछाडि बसेका व्यक्तिको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
