HomeBreakingलागू औषध सहित २ जना पक्राउ

लागू औषध सहित २ जना पक्राउ

पोखरा, २७ भदौँ ।

पोखराबाट अवैध लागू औषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १५ नागबेली मार्ग बस्ने बर्ष २५ को वाल आले र सिराहा जिल्ला घर भई हाल पोखरा– ७ घारीपाटन बस्ने बर्ष ३३ को अरुण तामाङ रहेका छन्।

नागबेली मार्गमा लागू औषध बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट र कोठाबाट नुर्फिन ३० एम्पुल, डाईजपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागू औषध बरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments