HomeBreakingचोरीका सामान सहित दुई जना पक्राउ

चोरीका सामान सहित दुई जना पक्राउ

पोखरा, २७ भदौँ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गहना चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ गरेको छ ।

पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रबको कार्यालय परिसरको कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी गरेको आरोपमा पर्सागढी नगरपालिका स्थायी घर भएकी शिवदेवी चौधरी र चोरी गरेको गहना लुकाउन सहयोग गरेको भन्दै एक मोवाईल पसलका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको हो ।

गएको भदौ २५ गते पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी भएको निवेदनपछि सोही आवासमा काम गर्ने व्यक्तिलाई सोधबुझ गर्दा चोरी गरेर मोवाईल पसलमा लुकाउन दिएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments