HomeBreakingस्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

स्याङ्जा, २२ भदौँ ।

स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३६ वर्षका यमबहादुर थापाको आज बिहान ज्यान गएको हो ।

माछा मार्न थापासँगै गएका अन्य पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा वालिङ–६ थापाडाँडाका ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका–१० का ३७ वर्षीय दिपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिकाका २० वर्षीय अनिल चौधरी र कन्चनपुर बेलौरी नगरपालिका–६ का ६० वर्षका बलदेव राना रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments