HomeBreakingनक्कली नेपाली नोटसहित पक्राउ

नक्कली नेपाली नोटसहित पक्राउ

काठमाण्डौं, २२ भदौँ ।

काठमाण्डौँ महानगरपालिका–१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा, गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments