पोखरा, २२ साउन ।
पोखरामा नाबालिका तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा गोरखा पालुङटार स्थायी घर भई पोखरा—८ सृजनाचोकमा खाजा घर सञ्चालन गर्दै आएकी ६० वर्षीया पार्वती काराखेती रहेकी छन् ।
होटलमा वेटरको काम लगाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर नाबालिका तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाउँदै आएको सूचनाका आधारमा काराखेतीलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले शुक्रबार पक्राउ गरेको हो।
काराखेती उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
