HomeBreakingभारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्यु

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्यु

पोखरा, २१ साउन ।

भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा नेपालगञ्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको हो ।

RELATED ARTICLES

Most Popular

Recent Comments