पोखरा, २० जेठ ।
सामाजिक संजालमा पछिल्लो समय प्रभात बसेल नाम गरेका एक युवा माथी लागेको आरोपको बिषयमा बिभिन्न बहसहरु भैरहेका छन । संजाल मात्र होइन, सडकमा समेत उनको पक्षमा केही प्रदर्शनहरु भैइरहेका छन । केही दिन अगाडी एक सांसदले प्रतिनिधी सभा बैठकमा उनै बसेलको बिषयमा आवाज उठाइन ।
प्रभात बसेल हाल म्याग्दी प्रहरीको हिरासतमा छन । उनी माथी शरीर बन्धक तथा जबरजस्ती करणीको आरोप छ । तर सामाजिक संजाल र सडकहरुमा भने अन्तरजातिय प्रेम सम्बन्धको कारण बसेल हिरासतमा पुग्नु परेको भन्दै बिरोध भैरहेको छ । पिडित भनिएकी जाहेरवाला २२ बर्षिय युवती बसेलकी प्रमीका भएको र पारीवारीक दबाबका कारण मुद्धा दर्ता गराएको भन्दै बिरोध भैरहेको छ ।
बिरोधका बाबजुत जाहेरवाला युवती ४३४० (परीवर्तीत नाम) ले पहिलो पटक आफ्ना कुरा मिडिया सामु राखेकी छन । जहाँ उनले प्रभात आफ्नो मिल्ने साथी मात्रै भएको दाबी गरेकी छिन भने पारीबारीक दबाबमा नभई आफु अन्यायमा परेको हुनाले आफैले जाहेरी दर्ता गराएको जिकीर गरेकी छन ।
पब्लीक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केमा उनले आफ्ना कुरा राखेकी हुन । सोही कार्यक्रममा प्रभातका साथीहरु र अनुसन्धान गरीरहेको म्याग्दी प्रहरीले समेत आफ्नो धारणा सार्वजनिक गरेको छ ।
पब्लीक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेनुृहोस
