HomeBreakingपोखरामा मोटरसाइकल चोरी आरोपमा ३ जना पक्राउ

पोखरामा मोटरसाइकल चोरी आरोपमा ३ जना पक्राउ

पोखरा, १९ जेठ ।

पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २९ बाट मंगलबार राति तीनवटा मोटरसाइकल चोरेको अभियोगमा १८ वर्षका ३ जना बालकलाई बुधबार बिहानै ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई हराएका ग ९ प ७४२५, ग ९ प २६३० र ग १६ प ९००६ नम्बरका तीन मोटरसाइकलसहित पोखरा ३३ बागमारा–कालिका भित्री सडक खण्डबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments