काठमाण्डौं, १८ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच दुइदेशको आपसी हितका बिषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार भारत जानु भएको हो । भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुनु अघि प्रधानमन्त्री दाहाल बिहिबार बिहान महात्मा गान्धीको समाधीस्थलमा पुग्नुभएको थियो । महात्मा गान्धीको समाधीस्थलमा पुगेर प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा संझौता भएको छन् । नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती संझौता भएका हुन् । दुइदेशबीच क्रस बोर्डर डिजिटल पेमेन्ट, पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई भारतको सिलगुडीलेखि नेपालको झापासम्म निर्माण गर्ने लगायतका मुख्य संझौता भएका छन् । प्रतिनिधिमण्डल स्तरीय वार्तापछि प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजित संयुक्त पत्रकमर सम्मेलनमा यस्तो जानकारी लिइएको हो ।
यस्ता छन् संझौता
१. पेट्रोलियम पाईपलाईन अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलीगुड़ीबाट झापासम्म निर्माण गर्ने कार्यको समझदारी
२.तल्लो अरुण जलबिद्युत आयोजनाबाट भारतीय कम्पनीले नेपाललाई बिजुली दिने संझौता
३. क्रस बोर्डर पेमेन्ट समझदारी
४.सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
५ .परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी
६.चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
७. फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट सम्झौता
