HomeBreakingलागूऔषधसहित पोखरावाट एक जना पक्राउ

लागूऔषधसहित पोखरावाट एक जना पक्राउ

पोखरा, १८ जेठ ।

पोखरामा लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका ५ स्थायी घर भई पोखरा महानगरपालिका ५ धर्मस्थली मार्ग बस्ने ३० वर्षीय अनिल टुवाटो रहेका छन् ।

बुधबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले धर्मस्थलीबाट ७८ एम्पुल लागूऔषधसहित टुवाटोलाई नियन्त्रणमा लिएको हो ।

टुवाटोलाई डाईजापाम २६ एम्पुल, नुर्फिन २६ एम्पुल र फेनेरागन २६ एम्पुलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका टुवाटोमाथि जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments