HomeBreakingपोखरामा दुई केजी गाँजासहित बसन्त प्रकाउ

पोखरामा दुई केजी गाँजासहित बसन्त प्रकाउ

पोखरा, २६ वैशाख ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दुई केजी गाँजासहित बसन्त सुवेदीलाई प्रकाउ गरेको छ । पृथ्वीराजमार्ग अन्र्तगत पोखरा महानगरपालिका ३० पावरहाउसमा पोखरातर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा सुवेदी गाँजासहित प्रकाउ परेका हुन् ।

पोखरा महानगरपालिका १८ शितलाबस्ती बस्ने २५ वर्षीय बसन्त सुवेदीलाई सवारी चेकजाँचको क्रममा २ केजी ७ सय ८२ ग्राम गाँजा र एक थान मोबाइलसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments