HomeBreaking२ करोड घुसको अडियो काण्ड ः रास्वपा सांसद श्रेष्ठ निलम्बनमा, पार्टीले सोध्यो...

२ करोड घुसको अडियो काण्ड ः रास्वपा सांसद श्रेष्ठ निलम्बनमा, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाण्डौ, २६ चैत्त

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाराम श्रेष्ठ निलम्बनमा पर्नुभएको छ । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसका लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आज सार्वजनिक भएपछि उहाँलाई पार्टीले तत्कालका लागि निलम्बन गरेको हो ।

रास्वपाले पार्टीको साधारण सदस्य र सांसदको रूपमा कुनै पनि काम र क्रियाकलाप गर्न नपाउने गरी श्रेष्ठलाई तत्कालका लागि निलम्बन गरेको महामन्त्री डाक्टर मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ । रास्वपाले सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ ।

‘छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउनसमेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ’, पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पार्टीले सांसद ढाकाराम श्रेष्ष्ठ र दुर्गा प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य÷तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments