HomeBreakingमहिला साथीको नाममा फेसबुक खाता बनाएर ६० लाख रुपैयाँ ठग्ने एक जना...

महिला साथीको नाममा फेसबुक खाता बनाएर ६० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डौ, २६ चैत्त

महिलाको नाममा फेसबुक खाता बनाई ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षका विश्व शर्मालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरेर फेसबुकमा नक्कली खाता बनाएको र साथी बनाएर माया प्रेमको बहाना बनाई रकम ठगेको पाइएको साइबर ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

विभिन्न बहानामा पैसा मागेको र फरक–फरक बैंक खाता तथा डिजिटल वालेटहरूमार्फत पैसा मागेर ठगी गरेको भन्ने उजुरीका आधारमा छानबिन गरी शर्मालाई पक्राउ गरेर अनुसन्धान भइरहेको रायले बताउनुभयो ।

RELATED ARTICLES

Most Popular

Recent Comments