पोखरा, १७ चैत्र ।
पार्टी सदस्यलाई डेढ लाखमै पोखरामा घडेरी दिलाइदिने प्रलोभन देखाई नेकपा माओवादी समाजवादीका केही नेताहरुले असुली गरीरहेको बिषय यस अघि नै सार्वजनिक भैसकेको छ । मुख्यतः यस प्रकरणको योजनाकार को हुन ? र क–कसको संलग्नता छ ? यही प्रश्न पेचिलो बनेको छ ।
बिषय बाहीर आएपछी माओवादी समाजवादीको केन्द्रीय कार्यालयले एक बिज्ञप्ती जारी गरी पार्टीको निर्देशन नभई केही पार्टी बाहीरका मानिसको योजनामा घटना घटेको जनाउदै गण्डकी प्रदेश इन्चार्ज भोजराज त्रिपाठीको नाम जोडिएकाले तत्कालको लागी उनलाई निलम्बन गरीएको जनाएको छ । यता गण्डकी प्रदेश कमिटीले अर्को एक बिज्ञप्ती जारी गर्दै प्रस्तुत समाचार नै भ्रामक र नियोजित रहेको हाँस्यास्पद दावी गरेको छ ।
सर्वसाधरणलाई प्रलोभनमा पारी भोवन सिंह गुरुङ लगायतको माध्यमबाट रकम असुली भएको थियो । गुरुङले सन्दीप मिजारले आफुलाई पार्टीमा आवद्ध गराई जग्गा देखाएको र अर्का नेता भोजराज त्रिपाठीले बाकी चाजोपाजो मिलाएको जिकीर गरेका थिए । यस प्रकरणलाई लिएर शुरुमा जग्गा देखाउन लगेका भनिएका सन्दीप भनिने बाबुराम मिजार मिडियामा सार्वजनिक भई अर्कै दावी पेश गरेका छन । निलम्बीत नेता भोजराज त्रिपाठी, तत्कालीन समयका नेकपा माओवादी समाजबादीका गण्डकी प्रदेश संयोजक बाबुराम मिजार, रकम असुली गर्ने भोवन सिंह गुरुङ लगायतलाई एकै ठाउँमा राखी प्रश्न गरीएको छ ।
यस बिषयमा टेलिभिजन कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा रिपोटीङ गरीएको छ । पब्लीक टेलिभिजनबाट शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः
