Homeगण्डकी प्रदेशजिल्ला सहकारी संघले “सहकारी दिवस” मनाउने

जिल्ला सहकारी संघले “सहकारी दिवस” मनाउने

पोखरा, १७ चैत्त ।

जिल्ला सहकारी संघ लि. ले विविध कार्यक्रमको आयोजना गरि सहकारी दिवस मनाउने भएको छ । “सहकारीको दिगोपना, स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ चैत्त १८ गते देखि २० गतेसम्म तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाउने भएको हो ।

दिवसको अवसरमा रक्तदान, सरसफाई र अन्तरक्रियाको आयोजना गरिइएको ६६ औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, कास्कीले जनाएको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत चैत्त १८ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिइएको छ । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने उद्घोषका साथ जिल्ला सहकारी संघ लि. कास्कीको प्राङ्गणमा विहान ७ बजेदेखि सुरु हुने कार्यक्रममा रक्तदान गर्न हुन सम्पूर्णमा आग्रह पनि गरिइएको छ ।

त्यस्तै चैत्त १९ गते आईतवार आ—आफ्नो सहकारी संस्थाको परिसर, सार्वजनिक स्थान र मठमन्दिरमा सरसफाइ कार्यक्रम र चैत्त २० गते सोमवार सहकारीको दिगोपना, स्वनियमन र सुशासन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिइएको आयोजकले जनाएको छ । दिवसलाई भव्यताका साथ सम्पन्न गर्न प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, पोखरा महानगरपालिका, गाउँपालिका, सहकारी शाखा, जिल्ला सहकारी संघ, विषयगत संघहरु, पोखरा महानगर सहकारी संघ, राष्ट्रिय सहकारी बैँक, नेफ्स्कुन, सि.एम.सी कास्की, कोप्स र प्रारम्भिक सहकारी संस्थाहरु रहेको जिल्ला सहकारी संघ लि. कास्कीको अध्यक्षको अध्यक्षतामा ७ सय १ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments