Homeगण्डकी प्रदेशक्याटवाकमा आज सविन राई र द फेरोह ले नचाउने

क्याटवाकमा आज सविन राई र द फेरोह ले नचाउने

पोखरा, १७ चैत्त ।

पोखराको क्याटवाक क्लबमा शुक्रवार आज सविन राई र द फेरोह ले नचाउने भएका छन् । नेपालको ब्रायन एडम्स् भनेर चिनिने लोकप्रिय रक गायक सबिन राई एण्ड द फेरोहले क्याटवाकमा सांगितिक प्रस्तुति दिने भएका हुन् ।

लेकसाइडस्थित क्याटवाकमा आज सबिन राई एण्ड द फेरोहको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक सुरेश गुरुङले जानकारी दिए ।

आफ्नो ब्यान्ड ‘सविन राई एन्ड द फारोह’ सँग प्रस्तुत हुन लागेका राईका —तिमी नै हौ, ‘गुराँसका फेद मुनि’, ‘सम्झन्छु’ ‘समर्पण’, ‘धन्यवाद’, ‘कोमल त्यो तिम्रो’, ‘सम्झनाहरुलाई अँगाल्दै’, ‘जाउँ कि बसुँ’, ‘नमुना’, ‘मलाई अँगाली देउ’, ‘म संसार जित्ने’ लगायत गीत चर्चित छन् । नेपाली ब्रयान एडम्सका रुपमा परिचित गायक राईले साङ्गीतिक बजारमा ६ एल्बम प्रकाशित गरिसकेका छन्। गायक राई तीन दशकदेखि गायक र रचनाकारका रुपमा निरन्तर नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय छन् ।

प्रस्तुतीको व्यवस्थापनको जिम्मा प्रचारले लिएको छ भने १७ गतेको कार्यक्रमका लागि टिकट वित्रीको काम भइरहेको प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री भइरहेको सञ्चालक पुरीले जानकारी दिए ।

गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले रेष्टुरेन्ट र लोरमा सेवा पाउँछन्। अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोरमा, म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्याटवाक पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब हो।

RELATED ARTICLES

Most Popular

Recent Comments