(भिडियो सहीत)
पोखरा, १० चैत्त ।
कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजबादीका केही नेताहरुले पार्टीको नाम लिदै ठगी धन्दा चलाउने गरेको खुल्न आएको छ । पार्टीले कब्जा गरी राखेको जग्गा जनतालाई बाड्ने भन्दै रकम असुली गर्ने गरीएको खुलेको हो ।
पोखरा पस्र्याङको कसैको निजी जग्गा देखाएर सर्वसाधरण बाट जनही १ लाख ५० हजारका दरले रकम असुली गरीएको छ । ‘शुरुमा पार्टी सदस्यताको लागी भन्दै २६ सय लिइयो, अनि सबै घर नभएका पार्टी सदस्यलाई जग्गा दिने भन्दै जनही १ लाख ५० हजारका दरले उठाइयो’ एक पिडित भन्छीन– ‘अहिले न जग्गा, न पैसा भयो ।’
पार्टीका स्याङ्जा जिल्ला अध्यक्ष समेत रहेका भोयोन सिंह गुरुङ र यम बहादुर गुरुङले झण्डै १ दर्जन सर्वसाधारण संग सो रकम उठाएको भएपनी उनीहरुलाई रकम उठाउन गण्डकी प्रदेश कमिटीका तत्कालिन नेतृत्वमा रहेका नेताहरुले लगाएका थिए ।
गुरुङका अनुसार रकम आफुले उठाएको भएपनी सो कार्यको निर्देशन पार्टीका ठुला नेताहरुबाटै आएको र रकम समेत उनीहरुलाई नै पठाइएको थियो । गण्डकी प्रदेश इन्चार्ज भोजराज त्रिपाठीले मिलापत्र गराउने भन्दै आफ्नै रोहवरमा पार्टीको लेटरप्याडमा कागज बनाएका छन । रकम उठाउने गुरुङका अनुसार त्रिपाठीकै खटनपटनमा सो काम भएको हो । यद्यपी त्रिपाठी भने आफुले केही गलत गरेको भए आफु ‘आत्मदाह’ गर्न तयार गरेको जिकिर गर्छन ।
यस बिषयमा जानकारी प्राप्त भएपछी छानबिन समिति गठन गरी अबको १५ दिन भित्र पिडितले न्याय पाउने गरी पार्टीले प्रकृया अगाडी बढाइएको र दोषी उपर कारवाही गरीने स्थायी समिती सदस्य जनक बिश्वकर्माको भनाई छ ।
यस बिषयमा टेलिभिजन कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा रिपोटीङ गरीएको छ । पब्लीक टेलिभिजनबाट शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस
