HomeBreakingमाओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो

माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो

पोखरा, १० चैत्त ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

एमालेका मुख्यमन्त्रीलाई माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै अब गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ ।

यद्यपि माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी भने जारी राखेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको आठ र राप्रपाको दुई सिट रहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments