पोखरा, २६ भदौँ ।
पोखरामा लागूऔषधसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका ७ का वर्ष १९ को सबिन गैरे क्षेत्री रहेका छन् ।
सोमबार साँझ साढे ७ बजे पोखरा महानगरपालिका ३० पावरहाउस स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखरातर्फ आउँदै गरेको सवारीसाधन चेकजाँच गर्ने क्रममा बसमा सवार क्षेत्रीलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्षेत्रीले बोकेको झोला भित्र लुकाईछिपाई ल्याएको लागू औषध निट्राबेपाम ५८ ट्याबलेट, ट्रामाडोल १० ट्याबलेट र एन्टिकोफ ३ ट्याबलेट बारामद गरेको छ।
पक्राउ परेका क्षेत्रीलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।
